Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

७५ प्रतिशत हकप्रदका लागि हिमाल दोलखाले दियो बोर्डमा निवेदन

७५ प्रतिशत हकप्रदका लागि हिमाल दोलखाले दियो बोर्डमा निवेदन

दैनिकी न्यूज

२९, पौष २०७९
७५ प्रतिशत हकप्रदका लागि हिमाल दोलखाले दियो बोर्डमा निवेदन
images

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले ७५ प्रतिशत हकप्रद शेयर निष्काशन लागि निवेदन दर्ता गराएको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) मा पुस २६ गते हकप्रद शेयर निष्कासनको लागि निवेदन दर्ता गराएको हो ।

कम्पनीले १ बराबर शून्य दशमलव ७५ को अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासनका लागि बोर्डसँग अनुमति मागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू। १ अर्ब ६० करोड रहेको छ । ७५ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्तापूँजी रू। २ अर्ब ८० करोड पुग्नेछ ।

कम्पनीले विद्युत नियमन आयोगको स्वीकृतिपछि धितोपत्र बजारको नियामक निकाय बोर्डसँग स्वीकृति मागेको हो । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

images
प्रकाशित मिति :पौष २९, २०७९ शुक्रवार - १०:०७:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology