Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौंबाट हेटौंडा जोड्ने भैसे भिमफेदी सडक खण्ड बिस्तारको काम अघि बढ्ने

काठमाडौंबाट हेटौंडा जोड्ने भैसे भिमफेदी सडक खण्ड बिस्तारको काम अघि बढ्ने

दैनिकी न्यूज

३०, पौष २०७९
काठमाडौंबाट हेटौंडा जोड्ने भैसे भिमफेदी सडक खण्ड बिस्तारको काम अघि बढ्ने
images

काठमाडौं । काठमाडौंबाट बागमती प्रदेशको राजधानी हेटौडा जोड्ने भैसे भिमफेदी सडक खण्ड बिस्तारको काम अघि बढ्ने भएको छ ।

प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएसँगै मुख्यमन्त्री शालिकराम जम्कटेलले भैसे भिमफेदी सडक खण्ड बिस्तारमा देखिएको समस्या समाधान गर्न प्रदेश सांसद कुमारी मुक्तान, भिमफेदी गाऊँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष संजीब श्रेष्ठ र वडा नं. ४ का अध्यक्ष सागर पाण्डेसँग बिस्तृत छलफल गरेका हुन् ।

मुख्यमन्त्री निवास हेटौंडामा भएको छलफलले छिट्टै यात्रुहरु भोग्नु परेको समस्या बाटो विस्तारमा देखिएको समस्या हल गर्ने योजना तयार गरेको छ । केही समयलाई सवारी आवागमन रोकी सडक विस्तार गरिने मुख्यमन्त्री जम्कटेलले बताए ।

काठमाडौंबाट बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने भैंसे भिमफेदी सडक खण्ड विस्तारको काम अलपत्र पर्दा यात्रुहरु समस्यामा परेको गुनासो आए पछि मुख्यमन्त्रीको ध्यानाकर्षण भएको हो ।

images
प्रकाशित मिति :पौष ३०, २०७९ शनिवार - १७:००:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology