Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बैंक तथा वित्तीय संस्थाहरूले घटाए ब्याजदर

बैंक तथा वित्तीय संस्थाहरूले घटाए ब्याजदर

दैनिकी न्यूज

३०, पौष २०७९
बैंक तथा वित्तीय संस्थाहरूले घटाए ब्याजदर
images

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर घटाएर प्रकाशित गरेका छन् ।

अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले माघ महीनाका लागि निक्षेपको ब्याजदर घटाएर प्रकाशित गरेका हुन् । पुसको अन्तिम दिन बैंकहरूले प्रकाशित गरेको ब्याजदर सम्बन्धी सूचनामा यस्तो देखिएको हो। वाणिज्य बैंकहरूले ब्याजदर घटाएर ११ प्रतिशतमा झारेका छन्।

ती कम्पनीहरूले गत मंसिर महीनामा व्यक्तिगत मुद्दति निक्षेपमा १२ दशमलवव १३ प्रतिशत ब्याज दिएका थिए । अब भने ती कम्पनीहरूले त्यस्तो निक्षेपमा माघ महीनादेखि अधिकतममा ११ प्रतिशत ब्याज दिने छन्। गत बुधवारमात्रै नेपाल बैंकर्स संघले माघ महीनाका लागि ब्याजदर घटाउने निर्णय गरेको थियो। सोही पूर्व सहमतिअनुसार यस दिन कम्पनीहरूलेब्याजदर घटाएर सूचना प्रकाशित गरेका हुन् ।

ग्लोबल आइएमई बैंकले शनिवार निक्षेपको ब्याजदर घटाएर सूचना प्रकाशित गरेको छ । बचत खाताको ब्याजदर ६ दशमलव ४२ देखि ८ दशमलव ४२ प्रतिशतसम्म कायम गरिएको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमीटेड व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत, संस्थागतको ९ प्रतिशत र रेमिटान्स खाताको १२ प्रतिशत कायम गरेको छ । साथै उसले रिकरिंग फिक्स्ड डिपोजिटतर्फ १२ महीनासम्मको ब्याजदर ११ प्रतिशत तथा ३३ महीना अवधिको ब्याजदर १० प्रतिशत कायम गरेको छ ।

बचत खाताको ब्याजदर ६ दशमलव ४२ प्रतिशतदेखि ८ दशमलव ४२ प्रतिशतसम्म कायम गरिएको छ । त्यसो त विकास बैंक र फाइनान्स कम्पनीहरूले घाघबाटै लागू हुने गरी ब्याजदर घटाएका छन् । विकास बैंकहरूमध्ये अधिकांशले अधिकतममा १२ प्रतिशत ब्याजदर प्रदान गर्ने भएका छन् । त्यसैगरी, साढे १३ प्रतिशत ब्याजदर दिंदै आएका फाइनान्स कम्पनीहरूले पनि ब्याजदर घटाएका छन् ।

हरेक त्रैमासपछि मात्र कर्जाको ब्याजदर पुनरावलोकन गर्न पाइने व्यवस्था छ । दोस्रो त्रैमास सकिनै लाग्दा कर्जाको ब्याजदर घटाएर सार्वजनिक गर्ने अपेक्षा कतिपय व्यवसायी तथा उद्योगीले गरेका छन् । निक्षेपको ब्याजदर भने मासिक रूपमा पुनरावलोकन गर्न पाइने व्यवस्था छ । ती कम्पनीहरूले कर्जातर्फको ब्याजदरमा भने कुनै परिवर्तन गरेका छैनन् ।

अहिले बैंकहरूमा तरलता सहज हुँदै गएको र ब्याजदर घटाउन सवै क्षेत्रबाट दबाब बढेका कारण बैंकहरूले ब्याजदर घटाउने निर्णय गरेका हुन् । उता नेपाल राष्ट्र बैंकले कही दिन अघि नै माघमा ब्याजदर घट्ने संकेत गरेको थियो ।

पछिल्लो एक महीना यता तरलतामा केही सहज भएको र अन्तर बैंक ब्याजदर समेत घटेकाले अवस्था सहज हुँदै जाने र ब्याजदर आफैं घट्दै जाने संकेत उसले गरेको थियो ।

images
प्रकाशित मिति :पौष ३०, २०७९ शनिवार - १७:५१:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology