काठमाडौं । माघ १ गते मनाइने माघे संक्रान्ति पर्व आज मनाइँदैछ । माघे संक्रान्तिको अवसरमा देवघाट, गलेश्वर, त्रिशूली, कालीगण्डकी, वागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका नदी तथा त्रिवेणीमा स्नान गर्ने भक्तजनको भीड लागेको छ ।
आजकै दिन थारु समुदायले माघी पर्व मनाउँछन् भने मगर समुदायले पनि विभिन्न सांस्कृतिक कार्यक्रमहरू गरी माघे संक्रान्ति पर्व मनाउँछन् ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।