Logo

सोमवार, श्रावण २५ गते २०८३

images

विमान दुर्घटनाको शोकमा भोली सार्वजनिक बिदा दिने निर्णय

विमान दुर्घटनाको शोकमा भोली सार्वजनिक बिदा दिने निर्णय

दैनिकी न्यूज

१, माघ २०७९
विमान दुर्घटनाको शोकमा भोली सार्वजनिक बिदा दिने निर्णय
images

काठमाडौं । सरकारले भोली (माघ २ गते) सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको शोकपूर्ण घटनाका कारण माघ २ मा एकदिन सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्री पौडेलले जानकारी दिए ।

आइतबार काठमाडौंबाट पोखराका लागी उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९एन–एएनसी विमान १०ः५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो ।

पोखरा महानगरपालिका वडा नं. १७ घारिपाटन स्थित सेतीको खोँचबाट नेपाली सेनाको प्रवक्ता कृष्ण भण्डारीका अनुसार दुर्घटनास्थलबाट ६२ वटा शव निकालिएको हो ।

दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पोखरा महानगर प्रहरीसहितका उद्धारकर्ताले अहिले पनि खोज तथा उद्धार कार्यलाई जारी राखेका छन् ।

images
प्रकाशित मिति :माघ १, २०७९ आइतवार - १६:०५:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology