Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने

आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने

दैनिकी न्यूज

२, माघ २०७९
आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने
images

काठमाडौं । पोखरामा आइतबार भएको विमान दुर्घटनाको दुःखमा आज सरकारले शोक विदा दिएको छ । आइतबारको मन्त्रिपरिषद् निर्णय अनुसार आज मुलुकभर शोक बिदा रहनेछ भने राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

आइतबार काठमाडौंदेखि पोखराका लागि उडान भरेको यती एयरलाइन्सको एटीआर–७२ विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी नजिकको खोंचमा दुर्घटनाग्रस्त बनेको थियो । बिहान १०ः५० बजे अन्तिम पटक विमानस्थल टावरसँग सम्पर्कमा रहेको विमानमा चालक दलका ४ र यात्रुहरू ६८ गरी ७२ जना सवार थिए ।

images
प्रकाशित मिति :माघ २, २०७९ सोमवार - ०७:२७:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology