Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

माघ १५ देखिदेखि आईपिओ निष्काशन गर्दै मकर जितुमाया सुरी हाइड्रो

माघ १५ देखिदेखि आईपिओ निष्काशन गर्दै मकर जितुमाया सुरी हाइड्रो

दैनिकी न्यूज

५, माघ २०७९
माघ १५ देखिदेखि आईपिओ निष्काशन गर्दै मकर जितुमाया सुरी हाइड्रो
images

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले माघ १५ गतेदेखि दोलखा जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकआईपिओ निष्काशन गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ७ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये आयोजनाको अति प्रभावित क्षेत्र दोलखाको गैरिशंकर गाउँपालिकाको वडा नम्बर ५ र ६ का स्थानीयलाई ३ लाख ४ हजार कित्ता शेयर छुट्याईएको छ । त्यस्तै प्रभावित क्षेत्र गौरीशंकर गाउपालिकाको वडा नम्बर १,२,३,४,७,८ र ९ का स्थानीयलाई ३ लाख ४२ हजार कित्ता शेयर छुट्याईएको छ । र सामान्य प्रभावित क्षेत्र दोलखा जिल्लाको बिगु गाउँपालिकाको सम्पूर्ण वडाका स्थानीयलाई १ लाख १४ हजार कित्ता शेयर छुट्याईएको छ । त्यस्तै १ लाख ५२ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि निष्काशन हुने छ ।

स्थानीयलाई निष्काशन गरिएको शेयरमा छिटोमा माघ २९ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने छ । श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई छुट्याईएको शेयरमा माघ २९ गतेसम्म मात्र आवेदन दिन सकिने छ। स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ता शेयरको लागि आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकले भने न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ । 

images
प्रकाशित मिति :माघ ५, २०७९ बिहिवार - ०९:४६:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology