काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
ग्बोबल लघुवित्तले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १२ प्रतिशत बोनस शेयर रहेको छ भने ८ प्रतिशत (कर प्रयोजनसहित) नगद लाभांश रहेको छ। माघ ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
त्यस्तै लक्ष्मी लघुवित्तले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १५ प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ। माघ ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।