Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

अर्थका खर्च कटौति योजनाः खानीपानीदेखि पत्रिकासम्म नकिन्ने

अर्थका खर्च कटौति योजनाः खानीपानीदेखि पत्रिकासम्म नकिन्ने

दैनिकी न्यूज

६, माघ २०७९
अर्थका खर्च कटौति योजनाः खानीपानीदेखि पत्रिकासम्म नकिन्ने
images

काठमाडौं । अति आवश्यकबाहेकका स्वदेशी तथा विदेशी भ्रमणलाई निरूत्साहित गर्ने, सवारीसाधन सर्भिसिङ गर्दा आवश्यक भएमा मात्र मोबिल फेर्नेदेखि मिनरल वाटरको सट्टा जारको पानी खानेसम्मका योजनाका साथ अर्थ मन्त्रालयले सरकारको खर्च घटाउने भएको छ । अर्थ मन्त्रालयले मातहतका सबै महाशाखालाई चालू खर्च घटाइनेसम्बन्धी मापदण्डसम्बन्धी १७ बुँदे निर्देशन जारी गर्दै सो योजना सार्वजनिक गरेको हो ।

अर्थले अनावश्यक रूपमा हिटर, पंखा पनि नचलाउने नीति बनाएको छ । बजेट निर्माणमा अतिरिक्त खटेका कर्मचारीको भत्ता पनि घटाउने गरी निर्देशन दिइएको छ । कार्यालयमा प्रयोग भएका पर्दा, कार्पेट तथा फर्निसिङको सामग्रीको उच्चतम प्रयोग गर्ने, सम्भव भएसम्म नयाँ सामान खरिद नगर्ने निर्देशनमा उल्लेख छ । पत्रिकाको नयाँ वार्षिक ग्राहक नबन्ने तथा नविकरणका लागि पनि कन्जुस्याइँ गर्ने भएको छ । आजको राजधानी दैनिकबाट

images
प्रकाशित मिति :माघ ६, २०७९ शुक्रवार - ०७:१६:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology