Logo

सोमवार, श्रावण २५ गते २०८३

images

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी निर्वाचित

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी निर्वाचित

दैनिकी न्यूज

७, माघ २०७९
वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी निर्वाचित
images

काठमाडौं । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा प्रगतिशील वैदेशिक रोजगार व्यावसायी मंचले ऐतिहासिक विजय प्राप्त गरेको छ । शुक्रबार भएको संघको २९ औं साधारणसभाको निर्वाचनमा मञ्चका उम्मेदवार रहेका राजेन्द्र भण्डारीको प्यानलले सबै मुख्य पदसहित विजय पाप्त गरेको हो ।

भण्डारीले नेपाली कांग्रेस निकट भुवनसिंह गुरुङलाई पराजित गर्दै विजय हासिल गरेका हुन् । शनिबार बिहान सम्पन्न मतगणनामा भण्डारीले १९९ मत प्राप्त गरी बिजयी हुँदा गुरुङले १५७ मत पाए । यस्तै अर्का उम्मेदवार कुमुद खनालले १३१ र इश्वर जिसीले १२८ मत प्राप्त गरे ।

भण्डारी एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष हुन् । महासचिव र सचिव बाहेक सबै पदाधिकारी भण्डारी समूहका निर्वाचित भएका छन् ।

सो प्यानलबाट अध्यक्षमा राजेन्द्र भण्डारी, प्रथम उपाध्यक्षमा डिक बहदुर खत्री (कुमार), द्वितीय उपाध्यक्षमा सन्जु गुरुङ , तृतीय उपाध्यक्षमा रोशन कटुवाल, महासचिवमा मेघनाथ भुर्तेल, सचिब मा कर्णराज कटुवाल, कोषाध्यक्षमा सरिता घलेले विजय प्राप्त गरेका हुन् ।

यस्तै भण्डारी प्यानलबाट सदस्यहरुमा राजेन्द्र बस्नेत, बैकुण्ठ प्रसाद पौडेल (वैभव), देउमान नेम्वाङ (डिएम सुब्बा) आनन्दप्रसाद कोइरालाले विजय प्राप्त गरेका हुन् । यसैगरि अन्य सदस्यामा बिक्रम श्रेष्ठ, देविमाया थापा, कैलाश पाठक, नारायण भुसाल, तोरणकुमार कार्की र चन्द्रबहादुर लिम्बु निर्वाचित भएका छन् ।

‘व्यवहारिक वैदेशिक रोजगार ऐन परिमार्जन सहित “सुरक्षित व्यवस्थित र मर्यादित” वैदेशिक रोजगारको नारा लिएर राजेन्द्र भण्डारी नेतृत्वको व्यवसायिक समूह चुनावी मैदानमा उत्रिएको थियो ।

सरकारले एकतर्फी रुपमा वैदेशिक रोजगार सम्बन्धी नीति नियम लागू गर्दै समग्र वैदेशिक रोजगार व्यवसायीलाई धराशायी पारेको र विना कसुर व्यवसायीलाई दुख दिने क्रम बढेसँगै समग्र व्यवसायीक हकहितका लागि आफु नेतृत्वको व्यवसायिक समूहले काम गर्ने जितेपछि भण्डारीले बताए ।

images
प्रकाशित मिति :माघ ७, २०७९ शनिवार - १३:११:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology