Logo

सोमवार, श्रावण २५ गते २०८३

images

न्यानो बनाउन आगो बाल्दा ललितपुरको भैसेपाटीमा एक महिलाको मृत्यू

न्यानो बनाउन आगो बाल्दा ललितपुरको भैसेपाटीमा एक महिलाको मृत्यू

दैनिकी न्यूज

८, माघ २०७९
न्यानो बनाउन आगो बाल्दा ललितपुरको भैसेपाटीमा एक महिलाको मृत्यू
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नंं २५ भैँसेपाटी फूलबारी मार्ग बस्दै आएकी धनकुटाकी ३९ वर्षीया नम्रता राईले जस्ताले छाएको टहरा न्यानो पार्न शनिबार राति आगो बालिन् । हावा नछिरोस् भनेर कोठाको चारैतिर बन्द गरिन्, तर भोलिपल्ट उनी ब्युँझन सकिनन् । टहरासँगै दन्किएको आगोमा जलेर उनको मृत्यु भयो ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार व्यापार गर्ने उद्देश्यले उनले केही दिनअघि मात्रै स्थानीय दुर्गा श्रेष्ठसँग जग्गा भाडामा लिएकी थिइन् । जग्गामा जस्ताले बारेर टहरा बनाइन् । तीन दिनअघिबाट बस्न सुरु गरेकी थिइन् । चिसो बढेपछि उनले शनिबार बेलुका आगो बालिन् । तर, ननिभाई न्यानोका कारण मस्त निदाइन् । आगो सल्किएर टहराभित्र फैलियो । तर, निसास्सिएकी उनी बाहिर आउन सकिनन् । हेर्दाहेर्दै टहरा खरानी भयो । सँगै उनी पनि जलिन् ।

प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा प्रवक्ता एसपी प्रवीण पोखरेलले आगो ताप्ने क्रममा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । ‘शनिबार राति भैँसेपाटीमा जस्ताको टहरामा आगलागी हुँदा एक महिलाको मृत्यु भयो । बिहान करिब ४ बजे आगो नियन्त्रणमा आयो । त्यसवेलासम्म टहरा जलेर नष्ट भइसकेको थियो । आगो ताप्ने क्रममा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ,’ उनले भने ।

पोष्टमाटमको लागि पाटन हस्पिटल पठाइएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब १ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :माघ ८, २०७९ आइतवार - ०६:५०:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology