Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

माओवादी केन्द्रका केन्द्रीय सदस्य माया बलको निधन

माओवादी केन्द्रका केन्द्रीय सदस्य माया बलको निधन

दैनिकी न्यूज

८, माघ २०७९
माओवादी केन्द्रका केन्द्रीय सदस्य माया बलको निधन
images

सर्लाही । नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य माया बलको निधन भएको छ।

काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा गएराति साढे ८ बजे उनको निधन भएको माओवादी केन्द्रले जनाएको छ । ५३ वर्षीया बल ३ वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित थिइन्।

सर्लाहीको हरिवन नगरपालिका वडा नं. ९ नयाँरोड घर भएकी बलको स्वास्थ्य अवस्था जटिल बनेपछि दुई साताअघि उनलाई काठमाडौं लगिएको थियो। उपचारका लागि केएमसीमा भर्ना गरिएको थियो।

उनी २०५२ सालदेखि माओवादीले सञ्चालन गरेको जनयुद्धमा लागेकी थिइन्।

१० वर्षे जनयुद्धमा उनले सर्लाहीसँगै सिन्धुली, महोत्तरी, रौतहट लगायतका जिल्लामा रहेर काम गरेकी थिइन्।

बलका पति, तीनवटी छोरी र एउटा छोरा छन्। उनका छोरा हाल अस्ट्रेलियामा अध्ययन गरिरहेका छन्।

images
प्रकाशित मिति :माघ ८, २०७९ आइतवार - ०८:३९:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology