Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शेयर बजार दोहोरो अंकले बढ्यो

शेयर बजार दोहोरो अंकले बढ्यो

दैनिकी न्यूज

११, माघ २०७९
शेयर बजार दोहोरो अंकले बढ्यो
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक बुधबार दोहोरो अंकले बढेको छ । आज नेप्से १० दशमलव ३७ अंकले बढेर दुई हजार एक सय ८३ दशमलब ६२ विन्दुमा बन्द भएको हो ।

आज २६१ कम्पनीको ५४ हजार ३७७ वटा कारोबारबाट ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँ बराबरको कारोबार भएको छ ।


आज कारोबार भएका कम्पनीमध्ये १५९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज ग्रीन लाइफ हाइड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जिआइसी इन्स्योरेन्स, सुर्यज्योती लाइफ इन्स्योरेन्स र बलेफी हाइड्रोपावरको शेयरमूल्यमा उच्च वृद्धि भएको हो ।

आज आरबीबी म्युचुअल फण्ड १ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यसको आज १० करोड १४ लाखभन्दा बढीको कारोबार भएको छ । 

images
प्रकाशित मिति :माघ ११, २०७९ बुधवार - १५:२६:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology