काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ६ दशमलव ९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्ने छन्।