काठमाडौं । स्वाभिमान लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्ष २०७८–७९ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १२ करोड १७ लाख ८२ हजारको आधारमा कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कुल लाभांशमध्ये २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश रहेको छ ।
त्यस्तै सबैका लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ ११ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कुल १८ दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २७ करोड रहेको छ । उक्त चुक्तापूँजीको आधारमा १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।
प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।