Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बिपिडब्लु लघुवित्तले माघ २२ गतेदेखि आईपीओ निष्काशन गर्दै

बिपिडब्लु लघुवित्तले माघ २२ गतेदेखि आईपीओ निष्काशन गर्दै

दैनिकी न्यूज

१३, माघ २०७९
बिपिडब्लु लघुवित्तले माघ २२ गतेदेखि आईपीओ निष्काशन गर्दै
images

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ २२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।

लघुवित्तले आफ्नो जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गर्न लागेको हो भने १ हजार ५०० कित्ता शेयर कर्मचारीहरु तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ८० हजार ९५० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले लघुवित्तको आईपीओमा माघ २२ गतेदेखि फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन्। त्यसैगरी, सर्वसाधारणले फागुन १८ गतेदेखि २३ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत २ गतेसम्म लम्बिनेछ।

सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन्। 

images
प्रकाशित मिति :माघ १३, २०७९ शुक्रवार - ०७:४४:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology