Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आजदेखि आत्मनिर्भर लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री खुला

आजदेखि आत्मनिर्भर लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री खुला

दैनिकी न्यूज

१६, माघ २०७९
आजदेखि आत्मनिर्भर लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री खुला
images

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयरमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गर्न लागेको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले लघुवित्तको आईपीओमा फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन्। सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन्। 

images
प्रकाशित मिति :माघ १६, २०७९ सोमवार - ०७:१५:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology