Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कैफियतको मुखडा मै कैफियत

कैफियतको मुखडा मै कैफियत

दैनिकी न्यूज

१७, माघ २०७९
कैफियतको मुखडा मै कैफियत
images

हीरा रिजाल/चर्चित लेखक, बरिष्ठ पत्रकार भवानी बरालले आफ्नो पत्रकारिताको शुरुवात आफै सम्पादक भएर प्रकाशन गरेको विजयपुर साप्ताहिकबाट हो भन्ने कुरा यता पूर्वाञ्चल (प्रदेश १) तिर साहित्य तथा पत्रकारितामा रुची राख्ने जो कोहीलाइ थाहा भएकै कुरा हो । प्रगतिशील साहित्य तथा अन्य विधामा पनि निरन्तर लेख रचना लेख्न रुचाउने बराल एकताका सिस्नोपानी हास्य व्यंग्यमार्फत पनि चर्चित रहे ।

मेरो छिमेकी उनै भवानी बरालले मेरो घरमा आएर उनको विभिन्न मितिमा प्रकाशित लेख रचनालाई संकलन गरेको पुस्तक कैफियत हस्तान्तरण गर्दा मलाई खुसी लाग्यो । त्यसपछि मेरै घरमा हामीले संगै भोजन ग¥यौं ।

उनी विदा भएपछि म पढ्न बसेँ । यि मध्येका धेरै लेखहरु मैले झिल्को डटकममा पढि सकेको थिएँ । मलाइ सुरुको पृष्ठले नै आकर्षित ग¥यो । अगाडिको आवरण फोटो उज्यालो छ । आँखाको हेराइमा एउटा साहित्यिक चातुर्यता जस्तो देखा पर्छ । सांसारिक पैसाको पछि पछि लाग्ने भय त्यो आँखाको विश्लेषण अर्कै ढंगले गर्नु पर्ने हुन्थ्यो । तर, मुलतः उनी प्राज्ञिक समूहका लेखक भएकाले यो फोटो कम्पोज गर्ने ग्राफिक मित्र समिर मुखिया सुनुवारले सोच विचार गरेरै पेण्टिङ गरेका हुन भन्ने मेरो अनुमान छ ।

यो फोटोको अर्को आकर्षण पक्ष भनेको बरालको जुँगा र टोपीलाइ मान्नु पर्छ । पैला हाम्रा बाबु बाजेको पालामा जुँगा राख्नु एउटा सान को विषय मानिन्थ्यो । तर अचेल जुँगा राख्ने प्रचलन प्रायः छैन । कभर पृष्ठमा नै जुँगावाला फोटो राखेर सुरुमा नै पाठक वर्गलाइ आकर्षित गरेका छन् । त्यसमाथि फुलबुट्टे ढाका टोपीले झन शोभा बढाएको छ । अलिकति दोष भन्नै पर्दा कानको छेउमा कपालमा लगाएको पालिसको मसीको चुहावट देखिन्छ । फुलेकै कपाल देखाएको भए झन परिपक्क देखिन्थ्यो ।

यो कभर पृष्ठको अगाडिको फोटो पछाडि अर्को एउटा त्यही फोटो ग्राफिक डिजाइनमा एउटा आँखा, एउटा कान, आधा जुँगा देखिने गरी राखिएको छ । मेरो विचारमा यो पछाडिको फोटोले मानिसलाइ हेर्ने, नियाल्ने, प्रतिको धारणा बनाउने संकेत दिन्छ । हो पनि हमीसंग संगत भएका दाजुभाइ, इष्टमित्रलाई हामी भित्रि आँखाले हेरेर नै मूल्याङ्कन गर्छौं । यी दुई फोटामा तीन आँखामात्र देखिन्छन । एउटा आँखा चाहीँ लेखकको तेस्रो नेत्र अर्थात ज्ञानचक्षु हो भन्ने अनुमान प्रस्टै गर्न सकिन्छ । मुखडा आकर्षक छ । लेखक हसिला छन । पुरै अध्ययन गर्नभन्दा पहिले मुखडाकै विषयमा यहाँ चर्चा गर्नु आवश्यकै होला ।

 

images
प्रकाशित मिति :माघ १७, २०७९ मंगलवार - ०६:४६:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology