Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कर्मचारी कार्यसम्पादन मूल्याङ्कन प्रणाली लागु गर्ने तयारी

कर्मचारी कार्यसम्पादन मूल्याङ्कन प्रणाली लागु गर्ने तयारी

दैनिकी न्यूज

१९, माघ २०७९
कर्मचारी कार्यसम्पादन मूल्याङ्कन प्रणाली लागु गर्ने तयारी
images

काठमाडौं । नापी र मालपोत कार्यालयको सेवा प्रवाहप्रति आम जनताको असन्तुष्टि बढ्दै गएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कर्मचारी कार्यसम्पादन मूल्याङ्कन प्रणाली लागु गर्ने तयारी अघि बढाएको छ ।

सेवाग्राहीको अत्यधिक भीडभाड हुने ती कार्यालयहरूको सेवाप्रवाह प्रभावकारी नभएको गुनासो झन्झन् बढ्दै गएको अवस्थामा मन्त्रालयले कार्यसम्पादन मूल्याङ्कन गर्ने तयारी अघि बढाएको हो ।

भूमि प्रशासनअन्तर्गत नापी र मालपोतमा पहिलोपटक सेवा प्रवाह, उजुरी र गुनासो फछ्र्यौट संख्याका आधारमा कार्यसम्पादन मूल्याङ्कन गर्न लागिएको मन्त्रालयका सचिव डा। दामोदर रेग्मीले बताउनुभयो । मन्त्रालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको ‘हेलो सरकार’ मा परेका उजुरी, फछ्र्यौटको संख्या र सेवाग्राहीका गुनासोको अभिलेखका आधारमा नापी र मालपोतलाई चार श्रेणीमा विभाजन गरी कार्यसम्पादन मूल्याङ्कन गर्ने छ ।

मन्त्रालयका सचिव रेग्मीले भन्नुभयो– ‘आम नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने ती दुवै कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह राम्रो नभएको गुनासो आइरहेको छ । यसले समग्र सरकारी कार्यप्रणालीप्रति नै असन्तुष्टि बढ्ने हु“दा सेवा प्रवाहसँग जोडेर कार्यसम्पादन मूल्याङ्कन गर्न लागिएको हो ।’ मूल्याङ्कन गर्ने अवधारणा लागू भएपछि कर्मचारी आम जनताप्रति संवेदनशील र उत्तरदायी हुनुपर्ने बाध्यात्मक स्थिति बन्ने अपेक्षा पनि मन्त्रालयले लिएको छ ।

ती कार्यालयका सेवा प्रवाहलाई सरल र सहज तुल्याउने सिलसिलामा पछिल्लो समय दुवै निकायको सेवालाई अनलाइन प्रणालीमा जोडिएको छ । त्यस सन्दर्भमा मालपोत कार्यालयमा ‘भू–सूचना प्रणाली’ विकास गरिएको छ भने नापीतर्फ ‘मेरो कित्ता’ प्रणाली शुरू भइसकेको छ । ‘मेरो कित्ता’ प्रणालीले सेवाग्राहीलाई अनलाइनमार्फत नक्साका लागि निवेदन दिन लाग्ने दस्तुर तिर्न र आफ्नो कम्प्युटरबाटै नक्सा प्राप्त गर्ने सक्ने व्यवस्था गरिएको छ । मन्त्रालयले पछिल्लो समय अभ्यासमा आएको सो प्रणालीबारे सेवाग्राहीलाई सुसूचित गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताइएको छ ।

सेवाग्राहीमा सूचनाको पहु“च कमजोर भएको र प्रविधिमैत्री हुन नसक्दा दुवै निकायका सेवा प्रवाहलाई गुनासोरहित तुल्याउन अझै नसकेको र केही प्रश्न उठ्ने गरेका सचिव डा। रेग्मीको भनाइ छ । ती कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहका सन्दर्भमा आकस्मिक रूपमा आउन सक्ने अड्चनलाई व्यावहारिक रूपमा सम्बोधन गर्न मन्त्रालयका सचिवसँग भर्चुअल अन्तक्र्रिया पनि शुरू गरिएको छ । गुठीमा देखिएका अल्झन र समस्या हटाउन गुठी रहेका जिल्लाका मालपोत र नापी कार्यालयबीच नियमित अन्तक्र्रियाको थालनीसमेत गरेको मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १९, २०७९ बिहिवार - ०८:०६:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology