काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुने गरि डिजेल , पेट्रोल र मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँ वृद्धि गरेको हो ।
भाउ वृद्धिसँगै अब पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रति लिटर १७५ रुपैयाँ कायम भएको छ । हवाई इन्धन र खान पकाउने ग्यासको मूल्य भने स्थिर छ ।
भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएकोले भाउ बढाएको निगमले जनाएको छ।