Logo

सोमवार, श्रावण २५ गते २०८३

images

राष्ट्र बैंकको तथ्यांकले शेयरबजारमा तीव्र वृद्धि

राष्ट्र बैंकको तथ्यांकले शेयरबजारमा तीव्र वृद्धि

दैनिकी न्यूज

२५, माघ २०७९
राष्ट्र बैंकको तथ्यांकले शेयरबजारमा तीव्र वृद्धि
images

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र लयमा फर्किएको तथ्यांक सार्वजनिक गरेसँगै शेयरबजारमा तीव्र वृद्धि भएको छ । मंगलवार नेप्से परिसूचक ३ दशमलव ६५ प्रतिशत ९७६ दशमलव ६४ अंक० वृद्धि भएर २ हजार १७७ दशमलव ३५ विन्दुमा पुगेको हो । सोमवार राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रको पुस मसान्तसम्मको अवस्था सार्वजनिक गरेको थियो ।

उक्त तथ्यांकले शोधनान्तर बचत, विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स आप्रवाहलगायत सूचकमा उत्साहजनक सुधार भएको देखाएको छ । राष्ट्र बैंकले अर्थतन्त्रका समष्टिगत सूचकांक प्रगति उन्मुख रहेको प्रतिवेदन प्रकाशन गरेसँगै लगानीकर्ता सकारात्मक बने । यसले गर्दा बजारमा खरीद माग उच्च देखिएको छ ।

ब्याजदर महँगो हुँदा ऋणको माग कम छ । तर, बढेको निक्षेपले बैंकिङ प्रणालीमा अधिक तरलता उपलब्ध हुन थालेको छ । सीडी रेसियो घटेको छ । वित्तीय प्रणालीमा तरलता थपिएसँगै बैंकहरूले राष्ट्र बैंकसँग लिने सापटी पनि कम हुँदै छ । अन्तरबैंक दर ४ प्रतिशत हाराहारीमा झरेको छ ।

तरलता बढ्दै गएपछि राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्‍यो । माघ महीनादेखि निक्षेपको ब्याजदर पनि घटेको छ । यसले आगामी दिनमा बैंकहरूको लागत घटेर कर्जाको ब्याज सस्तिने संकेत गरेको छ । यी सम्पूर्ण कारणले गर्दा शेयर लगानीकर्ता सकारात्मक देखिएका छन् ।

त्यसैगरी शेयर धितो कर्जाको १२ करोडको सीमा हटाउन अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नर सकारात्मक देखिएका छन् । सोही कारण मंगलवार बजार बढेको पुराना लगानीकर्ता डमरुवल्लभ घिमिरे बताउँछन् ।

सोमवार मात्रै धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पूँजी बजार विकास र विस्तारका लागि लगानीकर्ताको हितमै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यसले पनि बजारमा सकारात्मक प्रभाव परेको घिमिरको भनाइ छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

images
प्रकाशित मिति :माघ २५, २०७९ बुधवार - ०७:२०:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology