Logo

सोमवार, श्रावण २५ गते २०८३

images

फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

दैनिकी न्यूज

२९, माघ २०७९
फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
images

काठमाडौँ । सरकारले भोली (फागुन १ गते) पर्ने जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको हो।

वि. सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो।

images
प्रकाशित मिति :माघ २९, २०७९ आइतवार - १८:३७:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology