काठमाडौं । सरकारले आज जनयुद्ध दिवसको सार्वजनिक बिदा दिए पनि बैंकहरूका अत्यावश्यक सेवा भने सुचारु हुने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी मुलकभरका बैंकहररूलाई अत्यावश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्रहीहरूको हितमा ध्यानमा राखी बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म बैंक सञ्चालन गर्न निर्देशन दिएको हो । राष्ट्र बैंक निर्देशनपछि सेवा अवरूद्द नहुने भएको हो ।
‘नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत बैंकिङ सेवा प्रदान गर्न बिहान ११ बजेदेखि अपरान्ह १ बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवाश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने ब्यबस्था मिलाउन हुन यो सुचना जारी गरिएको छ,’ राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
हेर्नुहोस सूचना
