काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले शनिबार टियू मैदान कीर्तिपुरमा विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेल खेल्दैछ। नेपालले पहिलो खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
मंगलबारबाट सुरु भएको त्रिकोणात्मक सिरिज ९ फागुनसम्म सञ्चालन हुनेछ। यस सिरिजमा सहभागी तीनवटै टिमले एक अर्काविरुद्ध समान २–२ खेल खेल्नेछन्। नेपाल नयाँ प्रशिक्षक मोन्टी देसाईको नेतृत्वमा पहिलो पटक खेल्न लागेको हो।
एकदिवसीय अन्तर्राष्ट्रियमा नामिबियाविरुद्ध नेपालले पहिलो पटक घरेलु भूमिमा खेल्न लागेको हो। नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग ५ फागुनमा खेल्नेछ।
नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ। सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौँ स्थानमा रहेको छ। नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।