Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मेन्छियाम हाइड्रोपावरले फागुन १० बाट आईपीओ निष्काशन गर्ने

मेन्छियाम हाइड्रोपावरले फागुन १० बाट आईपीओ निष्काशन गर्ने

दैनिकी न्यूज

३, फाल्गुण २०७९
मेन्छियाम हाइड्रोपावरले फागुन १० बाट आईपीओ निष्काशन गर्ने
images

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले फागुन १० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्ने भएको छ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँबराबरको आईपीओ बिक्री गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ४२ हजार ५८३ कित्ता सेयर जारी गर्नेछ। त्यसमध्ये आयोजना अतिप्रभावित क्षेत्र संखुवासभा जिल्लाका साविकको सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका स्थानीयलाई २ लाख ७१ हजार २९२ कित्ता र संखुवासभा जिल्लाका अन्य क्षेत्रका स्थानीयका लागि २ लाख ७१ हजार २९१ कित्ता सेयर छुट्याइएको छ।

यसैगरी कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने १ लाख ८ हजार ५१७ कित्ता आईपीओ बिक्री गर्नेछ। जुन सर्वसाधारण निष्कासन गरिने कुल सेयर संख्याको १० प्रतिशतबराबर हुन आउँछ।

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेकाले भने फागुन २५ गतेसम्म आवेदन दिन पाउनेछन्। स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द पनि छिटोमा फागुन २५ गते र ढिलोमा चैत ९ गते बैंकिङ समयपछि बन्द हुनेछ।

स्थानीयाले आयोजनास्थल, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यो आईपीओको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। 

images
प्रकाशित मिति :फाल्गुण ३, २०७९ बुधवार - १०:१४:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology