Logo

आइतवार, श्रावण २४ गते २०८३

images

संकटालाई फापेन स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदान,जावलाखेलसंग पराजित

संकटालाई फापेन स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदान,जावलाखेलसंग पराजित

दैनिकी न्यूज

४, फाल्गुण २०७९
संकटालाई फापेन स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदान,जावलाखेलसंग पराजित
images

सर्लाही । सर्लाहीको बागमती नगरपालिका वडा नं. ११ स्थित स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गतको पहिलो सेमीफाईनल खेलमा जावलाखेल यूथ क्लब ललितपुर फाईनलमा प्रवेश गरेको छ ।

बागमती नगरपालिका ११ स्थित स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गतको पहिलो सेमीफाईनल खेलमा जावलाखेल यूथ क्लब ललितपुरले संकटा फुटबल क्लबलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

माघ २५ गतेबाट सुरु भएको सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत बिहिबार भएको पहिलो सेमीफाईनलमा जावलाखेल यूथ क्लब ललितपुरले संकटा फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको आयोजक बागमती युवा क्लबका महासचिव एवम बागमती नगर खेलकुद विकास समितिका संयोजक सागर मैनालीले जानकारी दिए । उनका अनुसार बागमती नगरपालिका ११ स्थित स्व।सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्र्तगत बिहिबार भएको पहिलो सेमीफाईनल खेलमा जावलाखेलले संकटामाथि १–० गोलको संघर्षपूर्ण जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

मध्यान्तरसम्म गोलरहित बराबरीमा टुंगिएको खेलमा जावलाखेलका सुनिल खड्काले ५० औँ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक गोल बनेको आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।उनका अनुसार हिसुब थपलियाले दिएको पासलाई सदुपयोग गर्दै खड्काले खेलको निर्णायक गोल गरेका हुन् । खेलमा दुवै टिमबाट भएको पटक–पटकको प्रहार विफल हुन भएको थियो ।

जावलाखेलसँग पराजित भएसँगै राष्ट्रिय फुटबल टिमका सुनिल बल,मनिष डाँगी,सुरज ज्यू ठकुरी, आयुष घलानजस्ता खेलाडी आवद्ध सङ्कटा प्रतियोगिताबाट निराश हुँदै बाहिरिएको छ । भर्खरै आहारारा गोल्डकपको च्याम्पियन सङ्कटा राजर्षि जनक कपमा भने सेमिफाइनलबाटै घर फर्किएको हो ।

बिहीबारको खेलमा जावलाखेलका थपलियाले म्यान अफ दी म्याच बन्दै नगद रु १० हजार प्राप्त गरेका छन् । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा शुक्रबार ए डिभिजनको साबिक बिजेता मच्छिन्द्र फुटबल क्लब र मोफसलको चर्चित सुदूरपश्चिम–११, धनगढीले खेल्ने आयोजक बागमती युवा क्लबका सचिव कुमार प्रधानले जानकारी दिए । उनका अनुसार शुक्रबारकोे बिजेताले प्रतियोगिताको उपाधिका लागि आगामी आइतबार जावलाखेल यूथ क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

बागमती युवा क्लब र बागमती नगरपालिकाको आयोजनामा हरेक हुने वर्ष मधेश प्रदेश कै सर्वाधिक धनरासीको फुटबल प्रतियोगिता राजर्षि जनक कप फुटबल प्रतियोगिताको सातौँ संस्करण बागमती नगरपालिका ११ स्थित स्व।सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा जारी रहेको छ । प्रतियोगिताको बिजेताले नगद रु १० लाख र उपबिजेताले नगद रु ५ लाख प्राप्त गर्ने छन् ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०७९ बिहिवार - २०:५६:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology