Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आजदेखि भूगोल इनर्जीको आइपिओ खुल्यो

आजदेखि भूगोल इनर्जीको आइपिओ खुल्यो

दैनिकी न्यूज

८, फाल्गुण २०७९
आजदेखि भूगोल इनर्जीको आइपिओ खुल्यो
images

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओ आज (सोमबार) देखि बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ५ लाख ४४ हजार ५३ कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो।

सोमध्ये अति प्रभावित क्षेत्र नौमुले द्वारी ३ दैलेखमा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाहरूको लागि २ लाख ७२ हजार २६ कित्ता तथा आयोजना प्रभावित क्षेत्र दैलेख जिल्ला (नौमुले द्वारी ३ बाहेक) का स्थानीय बासिन्दाहरूका लागि २ लाख ७२ हजार २७ कित्ता सेयर निष्कासन गर्ने कम्पनीले बताएको छ।

यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ करोड ८ लाख ८१ हजार १०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ८ हजार ८११ कित्ता आइपिओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गर्न गरेको हो।

दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

उक्त आइपिओमा फागुन २५ गतेसम्म आवेदन दिन सकिन्छ। उक्त मितिमा सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा स्थानीय बासिन्दाले भने चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले आयोजना स्थल, एनआइसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी(आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयरू तथा सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्। 

images
प्रकाशित मिति :फाल्गुण ८, २०७९ सोमवार - १०:५७:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology