काठमाडौं । आजदेखि आत्मनिर्भर लघुवित्तले सर्वसाधारण लगानीकर्तालाई आइपीओ बिक्री खुला गरेको छ । आत्मनिर्भरले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रशित ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गरेको हो । जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन भएको छ । यसमध्ये १०५ अर्थात् २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ ।
यस्तै, जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने फागुन २५ गतेसम्म पनि भर्न पाइनेछ ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।