Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आजबाट हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु

आजबाट हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु

दैनिकी न्यूज

१२, फाल्गुण २०७९
आजबाट हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु
images

काठमाडौँ । आज (शुक्रबार) देखि हिमालयन बैंक र सिभिल बैंकले एकीकृत कारोबार सुरु गरेका छन्। हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर आज फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु गरेको हो।

दुवै एक भएपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको छ। दुवै बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले हिमालयन बैंकले र सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो। हिमालयनले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो।

हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् हिमालयन बैंकको पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ।

सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् हिमालयन बैंकको पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ । पुँजीको आधारमा नेपालको छैटौं ठूलो बैंक भएको छ ।

त्यस्तै, बैंकमा कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ भएको छ भने कुल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ भएको हिमालयन बैंकले जनाएको छ । सिभिल प्राप्तिसँगै हिमालयन बैंकको कुल शाखा १८९ वटा भएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १२, २०७९ शुक्रवार - ०९:३७:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology