काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले ५० प्रतिशत हकप्रद जारी गर्ने भएको छ। कम्पनी सञ्चालक समिति शुक्रबार (फागुन १२ गते) बसेको बैठकले हाल कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।
सञ्चालक समितिले कम्पनीको आगामी वार्षिक साधारणसभामा हकप्रद सेयर जारी प्रस्ताव स्वीकृतिका लागि पेस गर्नेछ।
वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि कम्पनीले नियमनकारी निकायहरुबाट अनुमति लिएर हकप्रद जारी गर्नेछ।