Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

आइतबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१४, फाल्गुण २०७९
आइतबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज (आइतबार) सुनचाँदीको भाउ घटेको छ । शुक्रबार १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज तोलामा ४ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १४, २०७९ आइतवार - १०:४८:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology