Logo

सोमवार, श्रावण २५ गते २०८३

images

छ्याङ्दी हाइड्रोपावरले १५० प्रतिशत हकप्रद जारी गर्ने

छ्याङ्दी हाइड्रोपावरले १५० प्रतिशत हकप्रद जारी गर्ने

दैनिकी न्यूज

१४, फाल्गुण २०७९
छ्याङ्दी हाइड्रोपावरले १५० प्रतिशत हकप्रद जारी गर्ने
images

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । फागुन १२ गते बसेको हाइड्रोको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १५० प्रतिशत अर्थात १ः१.५ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नियमनकारी नियकाहरुबाट भने स्वीकृति हुनु पर्ने छ । त्यसपछि मात्रै कम्पनीले उक्त प्रस्तावलाई आगामी वार्षिक साधारण सभामा पेश गर्ने छ ।

यसअघि कम्पनीले सेयरधनीलाई ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको थियो । जुन २०७८ पुस ३० गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले रद्द गरिदिएको थियो । त्यसको करिब एक वर्षपछि भने कम्पनीले १५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो । 

images
प्रकाशित मिति :फाल्गुण १४, २०७९ आइतवार - ११:३४:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology