Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपाल एयरलाइन्समा बदमासीः अयोग्य एयर होस्टेजको तीन वर्ष करार थप, पाइलटलाई दोषारोपण

नेपाल एयरलाइन्समा बदमासीः अयोग्य एयर होस्टेजको तीन वर्ष करार थप, पाइलटलाई दोषारोपण

दैनिकी न्यूज

१४, फाल्गुण २०७९
नेपाल एयरलाइन्समा बदमासीः अयोग्य एयर होस्टेजको तीन वर्ष करार थप, पाइलटलाई दोषारोपण
images

काठमाडौं । उडानका क्रममा आफूलाई जिम्मेवारविहीन बनाएको, एयरलाइन्सले बर्खास्त गरेको र मुल्याङ्कन कमिटीले अनुतिर्ण गरेको आरोप लगाउँदै नेपाल एयरलाइन्समा कार्यरत करार एयर होस्टेज आरती महर्जनले सोहि एयरलाइन्सका एक पाइलटलाई तनाव दिएकी छन् । उनले आफूमाथि एयरलाइन्सले गरेको सबै कारबाहीकोको आरोप वरिष्ठ क्याप्टेन अरविन्दराज पहारीलगायत अन्य क्याप्टेनहरुलाई समेत अनावश्यक आरोप लगाएकी हुन् । तर बर्खास्त र मूल्याङ्कनका सम्बन्धमा पाइलटको कुनै पनि संलग्नता भने रहँदैन । झण्डै ९ महिना अघि उडानका क्रममा आफूलाई पाइलटले जिम्मेवारी नदिएर अर्कैलाई जिम्मेवारी दिएको भन्दै उनी पाइलटको विरुद्धमा लागेकी हुन् ।

तर उडानका क्रममा हवाई सेफ्टीको लागि पाइपटले स्व निर्णय गर्न पाउँछन् । जसलाई जुन जिम्मेवारीमा सहज हुन्छ त्यही जिम्मेवारी दिन सक्छन् । तर क्याबिन क्रुमा भएको सामान्य विषयलाई लिएर एयर होस्टेज महर्जन पाइलट पहारीविरुद्ध खनिएकी छन् । सामान्यतया जहाजभित्र भएको कुरालाई सार्वजनिक गर्नु आचारसंहिता विपरीत मानिन्छ । तर एयरहोस्टेज महर्जनले जहाजको सामान्य विषयलाई प्रचारवाजी गर्नतर्फ लागेपछि नेपाल एयरलाइन्सकै छवीमाथि प्रश्न उठ्ने देखिएको छ ।

जहाजमा पाइलटले महर्जनलाई गाली गलौज र अपशब्द बोलेका होेइनन् । आफूले जहाज उडाउने भएकोले कम्फर्टेबल लाग्नेलाई जिम्मेवारी दिएका थिए । तर गत साउन ११ गते क्वालालम्पुर–काठमाडौं उडानका क्रममा आफूलाई जिम्मेवारी नदिएको विषयलाई महर्जनले ठूलो विषय बनाएकी छन् । उनले आफू अनुकूलका सञ्चार माध्यमलाई एकपक्षीय सूचना दिँदै हिडेकी छन् । यतिसम्म कि ती सञ्चार माध्यमले एक शब्द पाइलटलाई नसोधी र घटनाको गहिराईमै नपुगी त्यसलाई समाचार बनाएका छन् ।

उडानमा भएको सामान्य त्रुटीलाई ठूलो मुद्दा बनाउन खोज्दा नेपाली ध्वजाबाहन नेपाल एयरलाइन्सको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवीमाथि गम्भीर प्रश्न उठाएको छ । हाल नेपाललाई आइकाओले कालो सूचीमा समेत राखेको छ ।

के त्यो ठूलो घट्ना थियो ? वास्तवमा त्यो ठूलो विवाद वा घटना थिएन । तर अहिले जती ट्वीस्ट गरेर बाहिर ल्याइएको छ घटना त्यसको विपरीत छ । यदी त्यो घटना ठूलो थियो भने तत्कालै बाहिर किन आएन ? परिचारिकाले किन त्यसलाई यतिका समयसम्म लुकाईन ? यससँग जोडिएका अन्य तथ्यहरू फरक छन् । ती घटनाहरुलाई थाहा पाउने हो भने महर्जनले रिस पोखेको प्रस्ट हुन्छ । मुख्य विषय त महर्जनको करार अवधि नविकरण नभएपछि र बर्खास्तमा परेपछि उनी आक्रोसित बनेकी थिइन् । तर करार नवीकरणमा पहारीको कुनै संलग्नता छैन । नत बर्खास्तमा नै छ । उनी एक स्वतन्त्र पाइलट हुन् । उडानमा कुनै समस्या वा केहि भएमा सर्वप्रथम नेपाल बायु सेवा निगम र नागरिक उड्ययन प्राधिकरणलाई जानकारी गराउनुपर्छ । तर उनले प्राधिकरणलाई जानकारी गराएपछि पनि त्यसलाई प्रचारबाजी गर्न थालेकी छन् ।

के थियो घटना ?
गत साउन ११ गते मलेसियाबाट काठमाडौं उडानको कुरा हो । वरिष्ठ पाइलट विजय लामाको अनुरोधमा पहरीले महर्जनलाई उडानमा समावेश गराएका थिए । जहाजको सुरक्षित उडानको लागि असाधारण अवस्था बाहेक अन्य अवस्थामा ककपिटमा आइएफएस बाहेक अन्य क्याविन क्रुलाई पाइलटले नै जिम्मेवारी दिन सक्छन् । तर महर्जनले आफूलाई जिम्मेवार नदिएको विषयलाई दुव्र्यवहार बनाएकी छन् ।

लुक्ला उडानमा महर्जनको त्यो लापरबाही
महर्जनको लावरबाही कतिसम्म छ भन्ने थाहा पाउन १३ वर्ष अघिको एउटा उडानमा भएको घटनालाई फर्किएर हेर्दा प्रस्ट हुन्छ । त्यतिबेला नेपाल एयरलाइन्सको जहाज लुक्ला–काठमाडौं उडानमा थियो । जहाजका क्याप्टेन दिपेन्द्र प्रधान थिए । तर त्यतिबेला एयर होस्टेज महर्जन को पाइलटको सिटमा बसेकी थिइन् । उनी यो सिटमा बसिनन् मात्रै, उडान समेत गरिन् । तर कानुनतः त्यो सिटमा एयरहोस्टेज बस्नै पाइँदैन । हवाई सेफ्टीको हिसाबले यो ठूलो अपराध हो । उक्त घटनापछि उनलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ६ महिनासम्म निलम्बन गरेको थियो । तर त्यति गर्दागर्दै पनि उनले पहँुचका आधारमा पुनः करारमा जागिर खाइन् ।

कार्य सम्पादनमा अनुतिर्ण परिचारिका
एयर होस्टेज मर्हजन कार्य सम्पादनमा अनुतिर्ण र अयोग्य परिचारिका हुन् । उनलाई नेपाल एयरलाइन्सको कार्य सम्पादन तथा मूल्याङ्कन कमिटीले अनुर्तिर्ण गरेको थियो । सो आधारमा पनि उनको नविकरण नभएको हो । तर सोहि विषयमा विरोध जनाउँदै यसअघि एयर होस्टेजको टोलीले उडान समेत रोकेका थिए । त्यतिबेला उडान रोक्दा नेपाल एयरलाइन्सलाई २ करोडको घाटा भएको थियो । उडान नै रोकेपछि उनको तीन वर्ष करार नविकरण भएको छ । तर केहि सञ्चार माध्यमले उडान रोकिएको कारण भने क्वालालम्पुर–काठमाडौं उडानको विषयलाई जोडेका छन् । यो नितान्त गलत हो ।

तर घटना भन्दा फरक ढंगले सानो विषयलाई ट्वीस्ट गर्दै महर्जन सञ्चार माध्यम खोज्दै भौतारिरहेकी छन् । उनले नेपाल एयरलाइन्सले आफूलाई कारबाही गरेको विषयलाई पाइलटसँग जोडेकी छन् । एउटा मुद्दालाई अर्कैतिर मोडेर पाइलटलाई दुःख दिन थालेपछि हाल पहारीलाई त्यो जनाका पाँच जना उडान सदस्यलाई प्राधिकरणले उडान रोक्न लगाएर आन्तरिक छानबीन कमिटी बनाएको छ । तर एयरओस्टेज महर्जनले सञ्चारमा माध्यममा अपवाह फैलाउँदै हिडेकी छन् । त्यसोको गर्दा पाइलटलाई अनावश्यक टर्चर र तनाव थपिँदा हवाई सुरक्षामा गम्भीर प्रश्न उठेको छ ।

331862258_944605690041461_679638988446460600_n.jpg

333594741_516458933994741_7644780148512424814_n.jpg

331793801_176739508428124_59765622885059599_n.jpg

333494435_207331381954437_792195535386882092_n.jpg

images
प्रकाशित मिति :फाल्गुण १४, २०७९ आइतवार - १२:४१:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology