काठमाडौँ । बाल यौन दूरुपयोगको मुद्दामा दोषी ठहर हुँदै कारगारमा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) ले उच्च अदालत पोखराबाट सफाइ पाएका छन्। यससँगै उनी भोलि नै तनहुँ कारागारबाट छुट्ने पलका वकिल कमलामोहन वाग्नलेले बताएका छन्।
उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासबाट उनले सफाइ पाएका हुन्। उच्च अदालत पोखराका रजिस्ट्रार श्रीलाल पौडेलले पनि पललाई सफाइ मिलेको जानकारी दिए।
शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्। तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्।