Logo

सोमवार, श्रावण २५ गते २०८३

images

फागुन २६ गतेदेखि सानिमा मिडिल तमोरको सर्वसाधारणको लागि आइपीओ निष्काशन हुँदै

फागुन २६ गतेदेखि सानिमा मिडिल तमोरको सर्वसाधारणको लागि आइपीओ निष्काशन हुँदै

दैनिकी न्यूज

१५, फाल्गुण २०७९
फागुन २६ गतेदेखि सानिमा मिडिल तमोरको सर्वसाधारणको लागि आइपीओ निष्काशन हुँदै
images

काठमाडौं । फागुन २६ गतेदेखि सानिमा मिडिल तमोर हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्याएको थियो । जसमध्ये १० प्रतिशत अर्थात ४ लाख ९९ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ प्रतिशत अर्थात २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकेको छ ।

बाँकी ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । यसमा फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डकाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाटआवेदन दिन सक्नेछन्। 

images
प्रकाशित मिति :फाल्गुण १५, २०७९ सोमवार - ०९:००:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology