काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज पपुपा न्युगिनीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ः४५ मा युएईको दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ।
नेपालको यो लिग २ को अन्तिम विदेश भ्रमण हो । नेपाल, युएई र पपुवा न्युगिनीबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।
मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली यूएईसँग खेल्नेछ ।
नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित छैटौं स्थानमा छ ।
पीएनजी २८ खेलमा २ मा जित र २५ मा हारसहित अंक तालिकाको पुछारमा रहेको छ ।