Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेप्सेमा ८३ लाख कित्ता बोनस शेयर सूचिकृत

नेप्सेमा ८३ लाख कित्ता बोनस शेयर सूचिकृत

दैनिकी न्यूज

१५, फाल्गुण २०७९
नेप्सेमा ८३ लाख कित्ता बोनस शेयर सूचिकृत
images

काठमाडौं । नेपाल स्टक स्क्सचेञ्ज नेप्सेमा चार कम्पनीको ८३ लाख कित्ता भन्दा बढि बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले सोल्टी होटल्स्, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत गराएको हो ।

उक्त कम्पनीको ८३ लाख ५० हजार ६८० कित्ता शेयर सूचीकृत गराएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार सोल्टी होटल्स्को ५ प्रतिशत बोनस शेयरपछिको ४२ लाख १३ हजार ५३३ कित्ता शेयर सूचीकृत भएको छ ।

त्यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनस शेयरपछिको १२ लाख कित्ता शेयर सूचीकृत भएको छ ।

नेप्सेले नेपाल इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस शेयरपछिको ११ लाख ५७ हजार ६९६ कित्ता र प्रिमियर इन्स्योरेन्स कम्पनीको १२.२५ प्रतिशत बोनस शेयरपछिको १७ लाख ४९ हजार ४५१ कित्ता शेयर सूचीकृत गरेको हो । सूचीकृत भएसागै उक्त शेयर दोस्रो बजारमा कारोबारमा आउने छ । 

images
प्रकाशित मिति :फाल्गुण १५, २०७९ सोमवार - २०:१७:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology