Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कराते महासंघ ललितपुरको अध्यक्षमा दयाराम महर्जन निर्वाचित

कराते महासंघ ललितपुरको अध्यक्षमा दयाराम महर्जन निर्वाचित

दैनिकी न्यूज

१७, फाल्गुण २०७९
कराते महासंघ ललितपुरको अध्यक्षमा दयाराम महर्जन निर्वाचित
images

ललितपुर । नेपाल कराते महासंघ, ललितपुर जिल्ला कार्य समितिको अध्यक्षमा दयाराम महर्जन निर्वाचित भएका छन् । मंगलबार सम्पन्न साधारण सभाले महर्जनलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो। उनको अध्यक्ष्यतामा ११ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको छ ।

बिगत लामो समयदेखि केन्द्रबाट नै अधिबेशन हुन नसकेपछि गत महिना नेपाली करातेका संस्थापक तथा पुर्वसदस्य सचिव युवराज लामाको अध्यक्ष्यतामा सदस्य सचिव टंकलाल घिसिङले केन्द्रीय तदर्थ समिति गठन गरेको भएको थियो । उक्त समितिले केन्द्रबाट ३ महिना भित्रमा विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराई साधारण सभा सम्पन्न गरी सक्नु पर्ने प्रावधान रहेको छ ।

यसबाट नेपाली करातेले केही राहतको महसुस गरेको छ । नयाँ केन्द्रीय कार्यसमितिको निर्देशन बमोजिम ललितपुरमा पनि नयां कार्य समिति गठन गरिएको हो । जसमा दयाराम महर्जन अध्यक्ष, मनोज न्याछयौं बरिष्ठ उपाध्यक्ष, ओम नारायण श्रेष्ठ उपाध्यक्ष, विजय खड्का सचिव, बुद्धरत्न डंगोल कोषाध्यक्ष र सदस्यहरूमा मदन महर्जन, उमेश मल्ल, रविना सुवाल, दिल बहादुर घलान, सलिना खड्गी, र दिनेश शाही चुनिएका छन् ।

आगामी चैत्र १०–११ गतेसम्म चितवनको भरतपुरमा हुने नेपाल कराते महसंघको केन्द्रीय अधिवेसनको लागि बाग्मती प्रदेस अधिबेसनमा सहभागी हुनको लागि ललितपुर जिल्लाबाट गोपाल महर्जन, दयाराम महर्जन, मुकुन्द पहरी, बुद्ध राज नेगी, रबिना सुवाललाई प्रतिनिधि पनि तोकेको छ ।

images
प्रकाशित मिति :फाल्गुण १७, २०७९ बुधवार - ०८:५६:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology