Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सूर्योदय वोमी लघुवित्तले लाभांश घोषणा, कति दिने भयो बोनस?

सूर्योदय वोमी लघुवित्तले लाभांश घोषणा, कति दिने भयो बोनस?

दैनिकी न्यूज

१७, फाल्गुण २०७९
सूर्योदय वोमी लघुवित्तले लाभांश घोषणा, कति दिने भयो बोनस?
images

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन १६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ७९ करोड १९ लाख रहेको छ ।

साविक वोमी लघुवित्त वित्तीय संस्था र साविक सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर गर्ने कार्य सम्पन्न भई मिति २०७८ चैत १९ गते देखि एकीकृत वित्तीय कारोवार शुरुवात गरिएको हुँदा एकीकृत कारोवार भएको मिति देखि दुई वर्ष सम्म लाभांशमा कर छुट हुने व्यवस्थाको कारण बोनस शेयर कर प्रयोजनार्थ छुट्टै रकम नछुट्याइएको साथै, एकीकृत कारोवार शुरुवात भएको मिति भन्दा पछि शेयर खरिद गर्ने शेयरधनीहरुले लाभांश कर वापतको नियमानुसार रकम भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ । 

images
प्रकाशित मिति :फाल्गुण १७, २०७९ बुधवार - ११:०४:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology