Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सेयर बजार दोहोरो अंकले घट्यो

सेयर बजार दोहोरो अंकले घट्यो

दैनिकी न्यूज

२१, फाल्गुण २०७९
सेयर बजार दोहोरो अंकले घट्यो
images

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३० दशमलव ७७ अंकले घटेर १ हजार ९३८.२५ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८६ अङ्कले घटेर ३६८.७० मा पुगेको छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३९ करोड २३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा छ। यसको ८ करोड ४४ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा सुभम पावरको ५ करोड ४८ लाखभन्दा बढीको कारोबार भएको छ । आइतबार सबै उपसुचकहरुको कारोबार रकम घटेको छ।

आजको कारोबारमा सुभम सिमेन्टको १० प्रतिशतले सेयर मूल्य बढेको छ। यस कम्पनीको लगानीकर्ताले अत्याधिक कमाएका छन्। युनिक लघुवित्त, एनएमबि ५० र एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्। 

images
प्रकाशित मिति :फाल्गुण २१, २०७९ आइतवार - १६:०२:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology