Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपालले युएईलाई दियो २३० रनको लक्ष्य

नेपालले युएईलाई दियो २३० रनको लक्ष्य

दैनिकी न्यूज

२२, फाल्गुण २०७९
नेपालले युएईलाई दियो २३० रनको लक्ष्य
images

काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटको जारी त्रिकोणत्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई २ सय ३० रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको हो।

दुबईमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले भीम सार्कीको अर्धशतक सहयोगमा निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय २९ रनको योगफल खडा गरेको हो । भीम सार्कीले ९९ बलमा ७० रन बनाउँदै आउट भए ।

यसअघि नेपालको सुरुवात राम्रो हुन सकेको थिएन । ओपनरद्वय आसिफ शेख ६ र ज्ञानेन्द्र मल्ल ११ दीपेन्द्र सिंह ऐरी ४ तथा रोहित पौडेल १ रनमा आउट भएका थिए ।

नेपालका लागि कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७ रन बनाए। यस्तै करण केसीले ११ बलमा १७ रन बनाउँदा ज्ञानेन्द्र मल्ल ११, आरिफ शेख ६, रोहित पौडेल १ र दीपेन्द्र सिंह ऐरीले ४ रन बनाए।

आरिफ शेखले नटआउट ४३ रन बनाउँदा प्रतिश जिसीले नटआउट ११ रन बनाए।

लिग टू शृंखलाको शीर्ष तीनभित्र रहनका लागि नेपालले यो खेल जित्नैपर्ने छ ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७९ सोमवार - १५:१४:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology