Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

नेपालले युएईलाई दियो २३० रनको लक्ष्य

नेपालले युएईलाई दियो २३० रनको लक्ष्य

दैनिकी न्यूज

२२, फाल्गुण २०७९
नेपालले युएईलाई दियो २३० रनको लक्ष्य
images

काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटको जारी त्रिकोणत्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई २ सय ३० रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको हो।

दुबईमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले भीम सार्कीको अर्धशतक सहयोगमा निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय २९ रनको योगफल खडा गरेको हो । भीम सार्कीले ९९ बलमा ७० रन बनाउँदै आउट भए ।

यसअघि नेपालको सुरुवात राम्रो हुन सकेको थिएन । ओपनरद्वय आसिफ शेख ६ र ज्ञानेन्द्र मल्ल ११ दीपेन्द्र सिंह ऐरी ४ तथा रोहित पौडेल १ रनमा आउट भएका थिए ।

नेपालका लागि कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७ रन बनाए। यस्तै करण केसीले ११ बलमा १७ रन बनाउँदा ज्ञानेन्द्र मल्ल ११, आरिफ शेख ६, रोहित पौडेल १ र दीपेन्द्र सिंह ऐरीले ४ रन बनाए।

आरिफ शेखले नटआउट ४३ रन बनाउँदा प्रतिश जिसीले नटआउट ११ रन बनाए।

लिग टू शृंखलाको शीर्ष तीनभित्र रहनका लागि नेपालले यो खेल जित्नैपर्ने छ ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७९ सोमवार - १५:१४:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology