Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज नेपालले पपुवान्युगिनीसँग खेल्दै

आज नेपालले पपुवान्युगिनीसँग खेल्दै

दैनिकी न्यूज

२५, फाल्गुण २०७९
आज नेपालले पपुवान्युगिनीसँग खेल्दै
images

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ।

त्रिकोणात्मक सिरिजमा नेपालले यूएई र पपुवा न्युगिनिसँग समान २–२ लिगखेल खेल्नेछ।​ खेल कीर्तिपुरस्थित टियु मैदानमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ।

फागुन २८ मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ। फागुन २९ मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ। विश्वकप लिग टूको अन्तिम खेलमा नेपालले चैत २ मा यूएईसँग खेल्नेछ।

नेपाली टिमले पछिल्ला ८ खेलमा ७ जित निकाल्न सफल छ। अघिल्लो साता सम्पन्न स्कटल्याण्ड र नामिबियाविरुद्धको सिरिज क्लिनस्विप गर्दै नेपालले ८ अंक बटुलेको थियो। अब हुने सिरिजमा दुई खेलमा मात्र जित निकाले नेपालले एकदिवसिय अन्तर्राष्ट्रिय मान्यता कायमै राख्ने छ।

यदी नेपाले सिरिज क्लिनस्विप गरेमा नेपाल शीर्ष तीनमा रहँदै सिधै विश्वकपको ग्लोबल क्वालिफायर्समा स्थान बनाउन सफल हुनेछ।

नेपालले सिरिज क्लिनस्वीप गर्दै चार खेल जित्ने र युएईले दुई खेलमा मात्र जित निकाल्ने अवस्था आए नेपाल शीर्ष तीनमा रहने छ भने युएईले शीर्ष पाँचमा रहे अमेरिकासँग नेट रनरेटमा भर पर्नु पर्नेछ। अमेरिकाको शीर्ष पाँचको भविष्य पनि नेपालकै नजितामा निर्भर रहनेछ।

अंक तालिकामा नेपालले ३२ खेलमा ३२ अंक बनाएको छ। समान ३२ खेल खेलेको युएईको ३१ अंक छ। नेपाल पाचौं स्थानमा उक्लिदा युएईभने छैटौं स्थानमा झरेको छ। सातौं स्थानमा रहँदै पीएनजी घटुवा हुने पक्का भइसकेको छ। ५० अंकसहित स्कटल्याण्ड च्याम्पियन बनिसक्दा दोस्रो स्थानको ओमानको ४४ अंक छ। ३९ अंकसहित नामिबिया तेस्रो स्थानमा छ। ३५ अंकसहित अमेरिका चौथो स्थानमा छ।

स्कटल्याण्डको पहिलो र ओमानको दोस्रो स्थान पक्का छ। बाँकी चार टिमको भविष्य निर्धारण लिग टूको अन्तिम सिरिजले नै गर्नेछ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७९ बिहिवार - ०७:३२:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology