Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पीएनजीलाई नेपालले दियो २९८ को कीर्तिमानी लक्ष्य

पीएनजीलाई नेपालले दियो २९८ को कीर्तिमानी लक्ष्य

दैनिकी न्यूज

२५, फाल्गुण २०७९
पीएनजीलाई नेपालले दियो २९८ को कीर्तिमानी लक्ष्य
images

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई २ सय ९८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा अलआउट भएर २ सय ९७ रन बनाएको थियो ।

नेपालले एकदिवसीय अन्तराष्ट्रिय खेलमा बनाएको ठुलो योगफल हो । गत वर्ष नेपालले पीएनजीविरुद्ध नै २ सय ७८ रन बनाएको थियो । यो नै नेपालले पहिलो ईनिङमा बनाएको सर्वाधिक ठूलो योगफल थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले ११० बलमा ११० रन बनाए । उनले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका हुन् । अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए ।

भीम सार्की ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३० रन बनाए । आरिफ शेख १५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले ११ रन बनाए । करण केसीले ८ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ७ रन बनाए ।

पीएनजीका लागि सेमो कामेयाले ९.१ ओभरमा ३८ रन खर्चैर सर्वाधिक पाँच विकेट लिए। यस्तै, रिले हेकुरेले तीन तथा अलेई नाओ एक विकेट लिए।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका ४ मध्ये दुई खेल जिते नेपालको लिग–२ बाटै एकदिवसीय मान्यता जोगिनेछ। चारै खेलमा हात पारे नेपालले लिग–२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ।

सिरिजमा नेपालले अब फागुन २८ मा युएई, फागुन २९ मा पिएनजी र चैत २ मा युएईसँग खेल्नेछ।

नेपाल सात देश सम्मिलित विश्वकप लिग–२ मा ३२ खेलमा ३२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । पीएनजी ३२ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७९ बिहिवार - १३:१७:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology