Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शेयर बजार दोहोरो अंकले बढ्यो, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरू

शेयर बजार दोहोरो अंकले बढ्यो, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरू

दैनिकी न्यूज

२५, फाल्गुण २०७९
शेयर बजार दोहोरो अंकले बढ्यो, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरू
images

काठमाडौं । बिहीबार शेयर बजार ५०.०४ अंकले बढेको छ । योसँगै नेप्से परिसूचक २ हजार २ दशमल ७० को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.२७ अंकले बढेर ३७९.५० को विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये २६२ कम्पनीका ४५ लाख ६६ हजार ४३ कित्ता सेयर १ अर्ब ५६ करोड ५५ लाख ५८ हजार ८०३ रुपैयाँमा कारोबार भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन जलविद्युत समूह सर्वाधिक ३.५९ प्रतिशतले बढेको छ । वित्त समूह ३.४६ प्रतिशत, बैंकिङ समूह १.८२ प्रतिशत, विकास बैंक समूह २.९७ प्रतिशत, होटेल तथा पर्यटन समूह २.१७ प्रतिशत, लगानी समूह ३.२६ प्रतिशत, जीवन बीमा समूहमा ३.२२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.५३ प्रतिशत, लघुवित्त समूह २.९९ प्रतिशत, म्युचुअल फन्ड समूह २.३१ प्रतिशत, निर्जीवन बीमा समूह २.९० प्रतिशत, अन्य समूह २.२१ प्रतिशत र व्यापार समूह २.०७ प्रतिशतले बढेको छ ।

यो दिन शिवम सिमेन्टको सर्वाधिक ७ करोड ८५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ५ करोड ७३ लाख, अरुण काबेली पावरको ४ करोड ७६ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ५७ लाख रुपैयाँ, शिवश्री हाइड्रोपावरको ३ करोड ४० लाख रुपैयाँ, अपी पावरको ३ करोड ३८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३ करोड २ लाख रुपैयाँ, युनिभर्सल पावरको २ करोड ८८ लाख रुपैयाँ, सुपर मादी हाइड्रोपावरको २ करोड ५६ लाख रुपैयाँ र अपर तामाकोशीको २ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये शुभम पावरको शेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ भने नेपाल इन्स्योरेन्सको शेयर मूल्य ९.४४ प्रतिशतले बढेको छ । त्यस्तै शिव श्री हाइड्रोको शेयर मूल्य ८.५२ प्रतिशत तथा अभियान लघुवित्तको शेयर मूल्य ७.५९ प्रतिशत बढेको छ ।

आज सर्वाधिक गुमाउनेमा म्युचुअल फण्डका इकाई तथा ऋणपत्रहरु रहेका छन् । 

images
प्रकाशित मिति :फाल्गुण २५, २०७९ बिहिवार - १७:०१:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology