Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गोकर्णेश्वर नगर खुला तेक्वान्दो प्रतियोगीताको आयोजना

गोकर्णेश्वर नगर खुला तेक्वान्दो प्रतियोगीताको आयोजना

दैनिकी न्यूज

२६, फाल्गुण २०७९
गोकर्णेश्वर नगर खुला तेक्वान्दो प्रतियोगीताको आयोजना
images

काठमाडौ । काठमाडौंको गोकर्णेश्वर–५ स्थित इस्ट–पोल विद्यालय परिसरमा गोकर्णेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा शनिबार र आईतबार प्रथम गोकर्णेश्वर नगरपालिका खुल्ला आमन्त्रित तेक्वान्दो प्रतियोगीता (मेयर कप ( २०७९) सञ्चालन हुने भएको छ ।

गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितीको संयोजन, गोकर्णेश्वर नगरपालिका खेलकुद विकास डोजङको आयोजनामा यही फाल्गुन २७ र २८ गते जोरपाटी ईस्ट–पोल माध्यमिक विद्यालयको प्राङगणमा उक्त प्रतियोगीता हुन लागेको हो ।

प्रतियोगीतामा प्रतियोगिताको मुल उद्दश्य तेक्वान्दो खेलाडीहरुको वृत्ति विकास तथा मनोभावना उच्च बनाउने र भविष्यमा यस गोकर्णेश्वर नगरपालिकामा तेक्वान्दो खेलको राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य तथा मुल उद्देश्य रहेको छ ।

यो प्रतियोगितामा जम्मा १८ वटा तौल समुहका बिच प्रतिसप्रर्धा गराइने छ । जसमा पुरुष तौल समुह जुनियर र सिनियर गरि १० वटा तौल समुह रहने छ भने महिला तौल समुह जुनियर र सिनियर गरि ८ वटा तौल समुह रहने छ ।

यस प्रतियोगितामा १० वटा विभिन्न स्कुल र ८ वटा विभिन्न डोजाङ गरि जम्मा ३१० जान खेलाडि (पुरुष १८० र महिला १३०) जना प्रतिभाहरुको सहभागी रहने छन । उक्त प्रतियोगीतामा प्रथम विजेता समुह, द्वितीय र तृतीयलाई प्रमाण पत्र, मेडल, नगद तथा ट्रफी वितरण गरिएको छ भने महिला तथा पुरुष तर्फबाट उत्कृट खेल्नेलाई बेस्ट फाइटर अवार्डबाट सम्मान गरिने छ ।

यस कार्यक्रमको उदघाटन यहि फागुण २७ गते बिहान १० बजे बाग्मती प्रदेश प्रतिनिधि सभा सदस्य सान्तोष चालिसेको प्रमुख आतिथ्यतामा हुनेछ भने कार्यक्रमको समापन भोलिपल्ट २८ गते सोहि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यतामा हुने गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिका सचीव सुजित कार्कीले जानकारी दिए।

images
प्रकाशित मिति :फाल्गुण २६, २०७९ शुक्रवार - ०६:४७:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology