Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आईसीसी विश्वकप लिग–२ : आज नेपाल र युएई खेल्दै

आईसीसी विश्वकप लिग–२ : आज नेपाल र युएई खेल्दै

दैनिकी न्यूज

२८, फाल्गुण २०७९
आईसीसी विश्वकप लिग–२ : आज नेपाल र युएई खेल्दै
images

काठमाडौं ।आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज आईतबार नेपालले युएईसँग खेल्दैछ ।

खेल कीर्तिपुरस्थित टियु मैदानमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।

त्रिकोणात्मक सिरिज अन्तर्ग पहिलो खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई पराजित गरेको नेपाल आज जितको लक्ष्यसहित मैदानमा उत्रिने छ।

विश्वकप लिग–२ को शीर्ष तीन टिममा रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपालले जित्नै पर्ने दबाब छ। बाँकी तीन खेलमा विजयी भए मात्र नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाउने छ। नेपाल एक खेल अगाबै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायमै राख्न चाहन्छ। त्यसका लागि आजको जित आवश्यक हुन्छ।

लिग–२ मा नेपालले ३६ खेल खेल्न पाउने छ। ३३ खेल खेलिसकेको नेपालले १६ जित र १५ मा हार खाएको छ। नेपालले ३४ अंक जोडेको छ।

यूएई भने ३३ खेलमा १४ खेलमा जित तथा १६ खेलमा हार खाएर ३१ अंक जोड्न सफल छ।

images
प्रकाशित मिति :फाल्गुण २८, २०७९ आइतवार - ०७:३०:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology