काठमाडौँ । उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गराएका जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवको उम्मेदवारी कायम रहने भएको छ। निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी खारेज गर्नु नपर्ने निर्णय गरेको छ।
उनीविरुद्ध उम्मेदवारद्वय नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेतृ ममता झाले उजुरी दिएका थिए।
आयोगलाई रामसहायको पत्र– राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगका हुनैपर्ने व्यवस्था संविधानमा छैन ।
तर, आयोगले संविधानको व्यवस्थाअनुसार महिला नै हुनुपर्ने नभएको भन्दै यादवको उम्मेदवारी खारेज गर्नु नपर्ने जनाएको छ।
सत्ता गठबन्धन दल जसपाबाट रामसहाय यादव र प्रमिला यादव, जनतमत पार्टीबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका छन्। उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ मा हुँदैछ।