काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार २६ दशमलव ८० अंकले घटेको हो । योसँगै नेप्से परिसूचक १९७५.८० को विन्दुमा झरेको छ। राम्रा तथा बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ५.६० अंकले घटेर ३७३.९० को विन्दुमा ओर्लेको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २६० कम्पनीका ४७ लाख ७२ हजार १४० कित्ता सेयर १ अर्ब ६६ करोड ६९ लाख ३१ हजार ५११ रुपैयाँमा किनबेच भएका छन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहको शेयर मूल्यमा गिरावट आएको छ । यो दिन बैंकिङ समूह सर्वाधिक १.७१ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह १.६९ प्रतिशत, विकास बैंक समूह १.४३ प्रतिशत, होटेल तथा पर्यटन समूह १ प्रतिशत, जलविद्युत समूह १.४७ प्रतिशत, लगानी समूह १.५९ प्रतिशत, जीवन बीमा समूह १.३७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.३९ प्रतिशत, लघुवित्त समूह ०.८१ प्रतिशत, म्युचुअल फन्ड समूह ०.४० प्रतिशत, निर्जीवन बीमा समूह १.३३ प्रतिशत, अन्य समूहमा ०.६१ प्रतिशत र व्यापार समूह १.१५ प्रतिशतले घटेको छ ।
यो दिन शिवम सिमेन्टको सर्वाधिक ८ करोड २१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ५ करोड ७५ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सको ४ करोड ३४ लाख रुपैयाँ, निफ्राको ४ करोड ११ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ३ करोड ४९ लाख रुपैयाँ, अरुण काबेली पावरको ३ करोड ४१ लाख रुपैयाँ, अपी पावरको ३ करोड ३३ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ३१ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ३ करोड २६ लाख रुपैयाँ र अपर तामाकोशीको ३ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज कारोबारमा आएका मध्ये शुभम पावरको शेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ भने नबिल बैंकको ऋणपत्रको शेयर मूल्य ४.०४ प्रतिशत बढेको छ । त्यस्तै युनिक नेपाल लघुवित्तको शेयर मूल्य ४.०३ प्रतिशत तथा नाडेप लघुवित्तको शेयर मूल्य ३.२६ प्रतिशत बढेको छ ।
आज गुडविल फाइनान्सको ऋणपत्रको शेयर मूल्य ६.५५ प्रतिशत घटेको छ भने हिमालयन बैंकको शेयर मूल्य ६.३७ प्रतिशत घटेको छ । त्यस्तै नेपाल इन्स्योरेन्सको शेयर मूल्य ५.८७ तथा खप्तड लघुवित्तको शेयर मूल्य ५.३५ प्रतिशत घटेको छ ।