ललितपुर । ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर–२५ भैसेपाटी स्थित चन्दा मगरले जग्गा भाडामा लिई बस्दै आएको टहरोमा जुवातास खेलिरहेको अवस्थामा मंगलबार एक लाख ६१ हजार ९८० रुपैयाँ नगद, १ बुक ताससहित एक महिला सहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा जिल्ला पाल्पा तानसेन–१० तेल्बा स्थायी घर भई हाल ललितपुर–२५ भैसेपाटी बस्ने मकर बहादुर बिष्ट, ललितपुर–२५ भैसेपाटी बस्ने रामहरि लामीछाने, अनिल कुवँर, जिल्ला दोलखा मेलुङ–६ स्थायी घर भई हाल भैसेपाटी बस्ने सुदिप चापागाई, जिल्ला पाँचथर फिदिम–३ स्थायी वतन भई हाल भैसेपाटी बस्ने अशिम राई भन्ने राज कुमार राई, जिल्ला मकवानपुर हेटौडा–१४ स्थायी वतन भई हाल भैसेपाटी बस्ने विर बहादुर मोक्तान, जिल्ला मकवानपुर भिमफेदी–७ घर भई भई हाल भैसेपाटी बस्ने दिपक सिंह ठकुरी र जिल्ला पर्सा ठोरी–२ स्थायी वतन भई भैसेपाटी सुमन लामा रहेका छन् ।
त्यस्त जिल्ला ललितपुर माल्टा घर भई हाल भक्तपुर जिल्ला सुर्य विनायक–७ बस्ने प्रदिप घिमिरे, ललितपुर–१८ भैसेपाटी बस्ने कृष्ण बहादुर थापा, सुनसरी जिल्ला लौकही घर भई ललितपुर–१७ ग्वार्को बस्ने वसन्त कुमार साह, उदयपुर जिल्ला ताप्लि–४ घर भई हाल ललितपुर बस्ने प्रचलन राई, काभ्रेपलान्चोक जिल्ला रोशि–२ घर भई भैसेपाटि बस्ने सुजन पाख्रिन र नवलपरासी जिल्ला देवचुली–१७ रजहर घर भई भैसेपाटी बस्ने चन्दा मगर रहेका छन् ।
जिल्ला प्रहरी परीसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जुवाको खालबाट पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत मुद्दा चलाएर कानुनी कारबाहीको प्रक्रिया सुरु भइसकेको छ ।