Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अब तीन दिन मेघगर्जनसहित वर्षा हुने, सचेत रहन आग्रह

अब तीन दिन मेघगर्जनसहित वर्षा हुने, सचेत रहन आग्रह

दैनिकी न्यूज

४, चैत्र २०७९
अब तीन दिन मेघगर्जनसहित वर्षा हुने, सचेत रहन आग्रह
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशभर आँशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

२०७९ चैत ४ गते (शनिबार) 

दिउँसोː  देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी  भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन / चट्याङ्ग/हावा हुरी सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

रातीː  देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ चैत ५ गते (आइतबार) 

दिउँसोː  देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी  भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

रातीː  देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

२०७९ चैत ६ गते (सोमबार) 

दिउँसोː  देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरूमा मेघगर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।   

रातीː  देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानहरुमा मेघगर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशको  एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।   

आगामी २४ घण्टाका  लागि  चेतावनी  तथा  परामर्श ( Warning / Advisory for next 24 hours):

देशको पहाडी  भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघगर्जन / चट्याङ्ग/ हावा हुरी सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन / चट्याङ्ग र  हावा हुरीबाट क्षति हुन नदिन आवश्यक तयारी गरी सतर्कता अपनाउनु हुन अनुरोध छ ।

images
प्रकाशित मिति :चैत्र ४, २०७९ शनिवार - ०६:२५:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology